सल्यानका आमाहरूको रसुवा बाढीपीडितका लागि १७ हजार ८४५ रुपैयाँ सहयोग
अनलाइन तहल्का
भाद्र २१, सल्यान । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि सल्यानको कालिमाटी गाउँपालिकाका आमाहरूले आर्थिक सहयोग गरेका छन्।
कालिमाटी गाउँपालिका–४ पिप्लेमा रहेको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा सुनौलो हजार दिनका आमाहरूले १७ हजार ८४५ रुपैयाँ सहयोग गरेका हुन्।
स्वास्थ्य केन्द्रका कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अनुरोधमा स्थानीय फुलबारी स्वास्थ्य आमा समूह, हरियाली स्वास्थ्य आमा समूह, नमुना स्वास्थ्य आमा समूह र लालीगुराँस स्वास्थ्य आमा समूहले सहयोग रकम संकलन गरेका हुन्।
बाढीबाट प्रभावित रसुवाका नागरिकको पीडामा ऐक्यबद्धता जनाउँदै आफूहरूले सकेको सहयोग गरेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले बताएका छन्।
संकलित रकम सम्बन्धित राहत कोषमार्फत बाढीपीडितसम्म पुर्याउने बताइएको छ।
सल्यानको कुमाखमा युरिया मलको अभाव, किसान महँगो मूल्यमा किन्न बाध्य
अनलाइन तहल्का सल्यान, साउन १२। सल्यानको कुमाख गाउँपालिकामा युरिया मलको अभाव भएपछि किसानहरू महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएको गुनासो उठेको
सल्यानमा खाना पकाउने ग्यास अभाव भएपछि प्रशासनमा बैठक, यस्ता छन निर्णय
अनलाइन तहल्का सल्यान, श्रावण ११। सल्यानमा खाना पकाउने ग्यासको सहज आपूर्ति र व्यवस्थित वितरण सुनिश्चित गर्न सरोकारवालाहरूको बैठक सम्पन्न भएको
विकासको यात्रातर्फ सल्यानको कालिमाटी, आगामी बर्ष साढे ५३ करोड बजेट
अनलाइन तहल्का सल्यान, २२ असार । एक समय जिल्लाकै विकट र पिछडिएको क्षेत्रको रुपमा चिनिने सल्यानको कालिमाटी गाउँपालिकाले विविध क्षेत्रमा विकासको

प्रतिकृया दिनुहोस