Close This
Close This

सल्यानमा खोलामा ३२ वर्षीय पुरुष मृत फेला

अनलाइन तहल्का
कार्तिक १४, सल्यान ।

 

सल्यानको दार्मा गाउँपालिका-३ स्थित दोभान खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार बिहान करिब ८ः३० बजे दार्मा गाउँपालिका-४ गोवाट निवासी अन्दाजी ३२ वर्षीय भुवन चन्दको शव दोभान खोलामा कोल्टे परेको अवस्थामा फेला परेको हो।

 

शव फेला परेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी नायब निरीक्षक दीपक थापाको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा सोको (प्राविधिक टोली) सहित ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

 

प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय दार्माबाट करिब १ किलोमिटर दक्षिणमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

संविधान र लोकतन्त्रको रक्षाका लागि मानवअधिकारकर्मी सक्रिय हुनुपर्छः ध्रुवराज पुरी

अनलाइन तहल्का  कार्तिक १५, सल्यान ।  नेपाली कांग्रेसका नेता तथा सल्यानका पूर्व जिल्ला विकास समिति सभापति ध्रुवराज पुरीले संविधान र लोकतन्त्रको

सल्यानको बनगाड कुपिण्डेमा जिप दुर्घटना हुँदा १२ जना घाइते

अनलाइन तहल्का  कार्तिक १४,सल्यान ।   सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा डबल क्याप  दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बनगाड कुपिण्डे

सल्यानमा जिप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सात जना घाइते

अनलाइन तहल्का कार्तिक १३, सल्यान ।   सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।   जिल्लाको सिद्ध कुमाख

↑