Close This
Close This

सल्यानको बनगाड कुपिण्डेमा जिप दुर्घटना हुँदा १२ जना घाइते

अनलाइन तहल्का 
कार्तिक १४,सल्यान ।

 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा डबल क्याप  दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका १२ चौरबाट बालुवासंग्रही आउँदै गरेको रा १ ज १७२३ नम्बरको बोलेरो बनगाड कुपिण्डे ११ गरा नजिकै गए राती दुर्घटना भएको हो । 

 

दुर्घटनामा परी सुर्खेत गुर्भाकोट नगरपालिका २ मालारानीका २५ वर्षीय पप्पु डाँगी , शोही ठाउँका २२ वर्षीय पुनम बुढा, १५ वर्षीय तिलक वली, सुर्खेत भेरीगंगा नगरपालिका ६ का ३२ वर्षीया निर्मला ओली, घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 यस्तै गुर्भाकोट नगरपालिका २ मालारानीका १८ वर्षीय उत्तम डाँगी, २६ वर्षीय क्षितिज डाँगी, १२ वर्षीया पवित्रा डाँगी, १५ वर्षीय झलक डाँगी, बोलेरो चालक २३ वर्षीय अम्मर बहादुर घर्ती, २१ वर्षीया पिमकली डाँगी, २५ वर्षीया हरिमाया ओली र १८ वर्षीया समिक्षा ओली घाइते भएका छन् । 

 

घाइतेहरुको सुर्खेत र नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । गएराती नै सिद्ध कुमाख गाउँपालिका २ रातामातामा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने 7 जना घाइते भएका थिए । 

प्रतिकृया दिनुहोस

संविधान र लोकतन्त्रको रक्षाका लागि मानवअधिकारकर्मी सक्रिय हुनुपर्छः ध्रुवराज पुरी

अनलाइन तहल्का  कार्तिक १५, सल्यान ।  नेपाली कांग्रेसका नेता तथा सल्यानका पूर्व जिल्ला विकास समिति सभापति ध्रुवराज पुरीले संविधान र लोकतन्त्रको

सल्यानमा खोलामा ३२ वर्षीय पुरुष मृत फेला

अनलाइन तहल्का कार्तिक १४, सल्यान ।   सल्यानको दार्मा गाउँपालिका-३ स्थित दोभान खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।   जिल्ला प्रहरी

सल्यानमा जिप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सात जना घाइते

अनलाइन तहल्का कार्तिक १३, सल्यान ।   सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।   जिल्लाको सिद्ध कुमाख

↑