Close This
Close This

संविधान र लोकतन्त्रको रक्षाका लागि मानवअधिकारकर्मी सक्रिय हुनुपर्छः ध्रुवराज पुरी

अनलाइन तहल्का 

कार्तिक १५, सल्यान ।  नेपाली कांग्रेसका नेता तथा सल्यानका पूर्व जिल्ला विकास समिति सभापति ध्रुवराज पुरीले संविधान र लोकतन्त्रको रक्षाका लागि मानवअधिकारकर्मीहरू सक्रिय हुनुपर्ने बताएका छन् ।
अाइतबार श्रीनगरमा भएको मानव अधिकार तथा शान्ति समाज सल्यानको २७औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै पुरीले मानव अधिकारका विषयमा नागरिकस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक प्रभावका आधारमा न्याय सम्पादन गर्ने प्रवृत्तिले पनि मानव अधिकार हनन भइरहेको उल्लेख गर्दै अहिले देशमा देखिएको संकटको एउटा कारण न्यायालयको कमजोरी भएको बताए ।
न्यायालय कमजोर हुँदा लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने भन्दै उनले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि मानवअधिकारकर्मीहरूले खबरदारी गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले नागरिकले प्राप्त गर्नुपर्ने हरेक अधिकारका पक्षमा समाजले विभिन्न चरणमा अभियान सञ्चालन गर्दै आएको बताए । देशमा हिंसात्मक द्वन्द्वको अवस्था रहेका बेला शान्तिको सन्देश लिएर समाज देशव्यापी रूपमा अघि बढेको स्मरण गर्दै उनले पछिल्लो समय जलवायु परिवर्तनबाट उत्पन्न संकटका विषयमा पनि गम्भीर बहस र पैरवी गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले लोकतन्त्रको आवरणमा वैधानिक तानाशाही प्रवृत्ति देखिन थालेको टिप्पणी गरे । पत्रकार पक्राउ पर्दा प्रधानमन्त्रीलाई समेत जानकारी नहुने अवस्था आउनु चिन्ताजनक भएको भन्दै उनले वर्तमान सरकारले पनि अघिल्लो सरकारकै कार्यशैली दोहोर्‍याएको आरोप लगाए । समाज हिजो पनि राज्यका कमजोरीविरुद्ध आवाज उठाउँदै आएको र आज पनि त्यही भूमिकामा रहेको उनको भनाइ थियो ।
समाजका केन्द्रीय सचिव तुल्सीराम सुनारले ठूला भनिएका राष्ट्रहरूले प्रकृतिको अत्यधिक दोहन गर्दा त्यसको असर विश्वभरका नागरिकको अधिकारमा परिरहेको बताए । उनले प्रकृति संरक्षण र मानव अधिकारको विषयलाई अन्तर्राष्ट्रियस्तरमै उठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजका प्रदेश सचिव डिल्लीराज जैशीसहित निर्मला गौतम, निर्मल नेपाली, अमृत शर्मा, डिल्ली डाँगी र वीरबहादुर सेजवाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानका सभापति प्रकाश नेपाली, नेपाली कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य मोहन बुढाथोकी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र भण्डारी तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका उपाध्यक्ष मानबहादुर खत्रीले पनि साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अंगेश्वर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुधा आचार्यले गरेकी थिइन् । कार्यक्रममा सल्यानबाट अाजिवन सदस्यता प्राप्त गर्ने विभिन्न व्यक्तीलाइ सदस्यता सहितको परिचय र प्रमाणपत्र प्रदान गरिएको थियो । 

यसैबीच, साधारणसभाले बालकृष्ण बुढाथोकीको सभापतित्वमा ११ सदस्यीय मानव अधिकार तथा शान्ति समाज सल्यानको जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित समितिको उपसभापतिमा क्षेत्रबहादुर विक, सचिवमा जंगबहादुर भण्डारी, सहसचिवमा सुधा आचार्य र कोषाध्यक्षमा शिलाकुमारी केसी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा सुशीला बस्नेत, डिल्लीबहादुर हमाल, मानबहादुर वली, रमा शर्मा, नरबहादुर बुढा र विन्दु विक निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

सल्यानमा खोलामा ३२ वर्षीय पुरुष मृत फेला

अनलाइन तहल्का कार्तिक १४, सल्यान ।   सल्यानको दार्मा गाउँपालिका-३ स्थित दोभान खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।   जिल्ला प्रहरी

सल्यानको बनगाड कुपिण्डेमा जिप दुर्घटना हुँदा १२ जना घाइते

अनलाइन तहल्का  कार्तिक १४,सल्यान ।   सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा डबल क्याप  दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बनगाड कुपिण्डे

सल्यानमा जिप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सात जना घाइते

अनलाइन तहल्का कार्तिक १३, सल्यान ।   सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।   जिल्लाको सिद्ध कुमाख

↑