कर्णाली सरकार भागबन्डामा, नेकपा र एमालेबिच ६ बुदे सहमति
सुर्खेत । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सरकार भागबन्डा गर्ने सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६ बुँदे सहमति भएको हो ।
सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिनेछ ।
त्यसैगरी एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।
प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएका निर्णयहरूको कार्यान्वयन र बाँकी कामहरूलाई निरन्तरता दिइने, आर्थिक वर्ष २०८२–०८३ को बजेट पारित गर्दा प्रदेश सभामा रहेका दलहरूबिच भएको सहमति अनुसार कार्यान्वयन गरिने र ३० लाख रुपैयाँभन्दा माथिका योजनाहरू ठेक्का प्रक्रिया मार्फत गर्ने विगतको नीतिलाई निरन्तरता दिइने सहमति दुई दलबिच भएको छ ।
नयाँ नीति, कार्यक्रम, मनोनयन र नियुक्तिका सन्दर्भमा दुवै दलबिच आपसी सहमति भएपछि मात्र प्रक्रिया अगाडि बढाइने र प्रदेश सरकारलाई सुशासन, मितव्ययिता र पारदर्शिता कायम हुने गरी सञ्चालन गरिने सहमति पत्रमा उल्लेख छ ।
सल्यानी जनताका समस्या सदनमार्फत सरकारसम्म पुर्याउने काम गरिरहेको छु : सांसद मल्ल
अनलाइन तहल्का कार्तिक १२, सल्यान । सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सल्यानी जनताका समस्या सदनमार्फत सरकारसम्म
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै
अनलाइन तहल्का कात्तिक ७,काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, जनजीविका र सङ्गठन सुदृढीकरणका
सल्यान कांग्रेसको १५औँ महाधिवेशन : ८९.८३ प्रतिशत मतदान
अनलाइन तहल्का असोज १२, सल्यान । नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। जिल्ला अधिवेशनमा कुल १ हजार ७९५

प्रतिकृया दिनुहोस