Close This
Close This

सल्यानी जनताका समस्या सदनमार्फत सरकारसम्म पुर्‍याउने काम गरिरहेको छु : सांसद मल्ल

अनलाइन तहल्का
कार्तिक १२, सल्यान ।

 

सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सल्यानी जनताका समस्या सदनमार्फत सरकारसम्म पुर्‍याउने काम गरिरहेको बताएका छन् ।

 

बिहिवार शारदा नगरपालिका-७ कजेरीमा शुभदीपावलीको अवसरमा आयोजित खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मल्लले यस्तो बताएका हुन् ।

 

उनले आफूलाई अमूल्य मत दिएर निर्वाचित गराउने सम्पूर्ण सल्यानी जनतालाई धन्यवाद दिँदै आगामी दिनमा जनताको हित र जिल्लाको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

सांसद मल्लले शुभदीपावलीको अवसरमा आयोजित भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले खेलकुदको विकास र स्थानीय कला तथा संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए ।

 

कार्यक्रमका विशिष्ट अतिथि शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदले युवामा अनुशासन, आपसी सद्भाव, एकता र सहकार्यको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले शुभदीपावलीको अवसरमा सम्पूर्ण नगरवासी तथा देशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गरे ।

 

वडा अध्यक्ष लीला बहादुर रोकाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष लोकमान बुढाथोकी, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी, पत्रकार तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

 

आयोजित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमले स्थानीयस्तरमा खेलकुदको विकास, प्रतिभाको पहिचान तथा कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै

अनलाइन तहल्का कात्तिक ७,काठमाडौ ।   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, जनजीविका र सङ्गठन सुदृढीकरणका

सल्यान कांग्रेसको १५औँ महाधिवेशन : ८९.८३ प्रतिशत मतदान

अनलाइन तहल्का  असोज १२, सल्यान ।   नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। जिल्ला अधिवेशनमा कुल १ हजार ७९५

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने

अनलाइन तहल्का  असोज १२,सल्यान ।    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। स्थगित निर्वाचन

↑