Close This
Close This

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने

अनलाइन तहल्का 
असोज १२,सल्यान ।

 

 नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। स्थगित निर्वाचन मंगलबार बिहान ९ बजेदेखि सुरु हुने गरी नयाँ कार्यतालिका तय गरिएको छ।

 

शनिबार तय गरिएको प्रदेश सभा र महाधिवेशन प्रतिनिधिको निर्वाचन अविरल वर्षाका कारण सोमबारका लागि सारिएको थियो। सोमबार बिहानैदेखि मतदान हुने भएपछि खलंगामा चहलपहल बढेको थियो। तर, निर्वाचनको तयारी पूरा हुन नसकेपछि सोमबारको मतदानसमेत स्थगित गरिएको छ ।

 

लगातारको वर्षाका कारण तीन दिनसम्म विद्युत् सेवा अवरुद्ध हुँदा मतपत्र छपाइमा ढिलाइ भएको र आवश्यक तयारी पूरा हुन नसकेको निर्वाचन अधिकृत धीरेन्द्र सापकोटाले जानकारी दिए।

 

उनका अनुसार विद्युत् सेवा नियमित नहुँदा बेलाबेलामा बत्ती जाने समस्या रहेको र रातिको समयमा मतदान गर्नसमेत असहज हुने भएकाले सबै पक्षसँगको सल्लाहअनुसार सोमबारको निर्वाचन स्थगित गरिएको बताए ।

 

निर्वाचन स्थगित भए पनि खलंगामा कांग्रेसका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल भने कायमै रहेको छ।

प्रतिकृया दिनुहोस

सल्यानी जनताका समस्या सदनमार्फत सरकारसम्म पुर्‍याउने काम गरिरहेको छु : सांसद मल्ल

अनलाइन तहल्का कार्तिक १२, सल्यान ।   सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सल्यानी जनताका समस्या सदनमार्फत सरकारसम्म

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै

अनलाइन तहल्का कात्तिक ७,काठमाडौ ।   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, जनजीविका र सङ्गठन सुदृढीकरणका

सल्यान कांग्रेसको १५औँ महाधिवेशन : ८९.८३ प्रतिशत मतदान

अनलाइन तहल्का  असोज १२, सल्यान ।   नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। जिल्ला अधिवेशनमा कुल १ हजार ७९५

↑